हरेक बच्चाले आफ्ना माता-पितालाई आफ्नो आदर्श ठान्छन् । आमाबुवाले सोच्ने, बोल्ने कुरा अनुकरणिय ठान्छन्, उनीहरु । त्यसैले आमाबुवा त्यस्तै बन्नुपर्छ, जो बच्चाको निम्ती आफ्नो आदर्श बन्न सकोस् ।
हाम्रो सामाजिक संरचना अनुसार परिवारमा बुवाको भूमिका अहंम हुन्छ । उनीहरुको निर्देशनमा परिवार चल्छ । त्यसैले बुवाले वास्तवमै बुवाकै रुपमा आफुलाई प्रस्तुत गर्नुपर्छ, ताकि उनको परिवार सुखी, समृद्ध, सुसंस्कृत र समृद्ध होस् ।
क्वालिटी टाइम व्यतित गर्नुहोस्
– तपाई जतिसुकै व्यस्त भएपनि आफ्ना पत्नी र बालबच्चासँग क्वालिटी टाइम व्यतित गर्नुहोस् ।
– राम्रो पति वा पिता त्यही हुन्छ, जसले पत्नी र बालबच्चाको भावनाको सम्मान गर्न सक्छन् ।
– पत्नी तथा बालबच्चासँग खेल्ने, रमाउने, मनोरञ्जन गरौं ।
खुसीमा सेलिब्रेट गरौं
– सानोतिनो खुसीलाई पनि परिवारमाझ शेयर गरौं । आफ्नो खुसीमा उनीहरु पनि रमाउन सकोस् ।
– घरमै मीठो पाकवान बनाउने, संगीत सुन्ने, फिल्म हेर्ने जस्ता गतिविधिले पारिवारिक माहौल रमाइलो बन्छ ।
– पत्नी तथा बच्चालाई बेला-बखत सरप्राइज दिन नभुलौ ।
– आफ्ना परिवारमा कुनैपनि असमझदारी आउन नदिनुहोस् । उनीहरुलाई सधै खुसी र सन्तुष्ट राख्ने प्रयास गर्नुहोस् ।
– पति-पत्नीबीच सानोतिनो असमझदारी हुन सक्छ । सामन्य ठाकठुक पर्न सक्छ । तर, यसको प्रभाव बच्चामा पर्न दिनु हुँदैन ।
– बिहान बेलुकीको खाना संभव भएसम्म परिवारसँग बसेर खानुहोस् । खानपानको समयमा पनि रमाइलो गर्नुहोस् ।
जिम्मेवार बन्नुहोस्
– स्मार्ट फेमेली म्यान बन्नका लागि पारिवारिक माहौल रमाइलो बनाएर मात्र पुग्दैन, उत्तिकै जिम्मेवार पनि हुनुपर्छ ।
– परिवारको कुनैपनि समस्या हल गर्नका लागि आफै तत्पर हुनुहोस्, अर्काको भर पर्नु हुन्न ।
– परिवारको लागि आवश्यक आधारभूत कुरा जुटाउने कुरामा आफ्नो दायित्व बहन गर्नुहोस् ।
– घरको आर्थिक व्याभार कसरी व्यवस्थित गर्ने भन्ने कुरामा ध्यान दिनुहोस् ।
– परिवारको लालनपालन, पढाई, स्वास्थ्य, मनोरञ्जन, किनमेल जस्ता कुरामा आफ्नो भूमिकालाई जिम्मेवार र भरपर्दो बनाउनुहोस् ।
समर्थक बन्नुहोस्
– पत्नी तथा बालबच्चाले कुनैपनि राम्रो काम गर्दैछ भने त्यसको समर्थन गर्नुहोस् ।
– यदि पत्नी कामकाजी छिन्, कार्यलय जानुपर्ने अवस्था छ भने उसलाई सोहि अनुरुपको अनुकुल वातावरण मिलाइदिनुहोस् ।
प्रतिक्रिया 4