+
+

केन्द्रमा हालीमुहाली गर्न पल्केकालाई बजेट पचेन: महरा

‘म अर्थमन्त्रीमा दोहोरिन सक्छु’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १६ गते १८:१७


१६ जेठ, काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले मंगलबार प्रस्तुत बजेट सबैले मन पराएका भएपनि केन्द्रमा रहेर हाली मुहाली गर्न पल्केकाले मन नपराएको टिप्पणी गरेका छन् ।

‘मैले आजै विहानमात्र केही पत्रकार, अर्थवृद्, केही विदेशी अर्थविदसंग कुराकानी गरे, सबैतिरबाट यो बजेटको प्रशंसा नै गरे, तर यो बजेट त्यो वर्गलाई मन परेको छैन्, जसले केन्द्रमा रहेर हालीमुहाली गर्न पाइरहेका थिए,’ अर्थमन्त्री महराले भने ।

उनले संगठित अराजकता माथी (केन्द्र)मा नै रहेको समेत टिप्पणी गर्न भ्याए । स्थानीय तहमा आफुखुशी खर्च गर्न सक्ने प्रावधानले त्यो तहमा पनि भष्ट्राचार हुने त होइन भन्ने प्रश्नको जवाफमा महराले यस्तो बताएका हुन् ।

उनले स्थानीय तहमा जाने बजेट खर्च गर्ने सम्बन्धि निर्देशीका र मूल्यांकन गर्ने व्यवस्थाले नै यस तहको खर्चको निरिक्षण हुने बताए । यसबाहेक जनताले पनि यसको निगरानी गर्ने र सामाजिक अडिट समेत हुने भएकोले भष्ट्राचारको सम्भावना कम हुने दाबी गरे ।

अर्थमन्त्री महराले आफुले ल्याएको बजेटको कार्यान्वयन आफैले गर्न सक्ने सम्भावना समेत देखाए ।

‘यो बजेटको कार्यान्वयन मैले नै पनि गर्न सक्छु, म अर्थमन्त्रीमा दोहोरिन भनेपनि मैले सचेत राजनीतिज्ञको भुमिकामा कार्यान्वयनको लागि पहल गर्ने छु,’ महराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?