
२९ जेठ, काठमाडौं । विक्रम संवत् ०४२ सालको बमकाण्डका कमाण्डर डा. जितेन्द्र महासेठ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार दिउँसो माओवादी अध्यक्ष प्रचण्डले टीका लगाएर डा. महासेठलाई माओवादी केन्द्रमा स्वागत गरे ।
महासेठलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले डा. महासेठको पार्टी प्रवेशले मधेस र मधेसी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जाने बताए ।
को हुन् महासेठ ?
तात्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको महासेठ एक कमाण्डर थिए । बम काण्डपछि डा. महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताएका थिए । जनवादी मोर्चाका नेतासमेत रहेका सिंहले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गरेका थिए ।
आफू राष्ट्रिय एकता र परिवर्तनप्रतिको प्रतिवद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको डा. महासेठले बताए । उनले भने, ‘माओवादीले अघि सारेको राष्ट्रिय एकताको नीति नै सही छ । नेपालभित्रको जुनसुकै भूगोलमा बसेका नेपाली हुन्, तिनीहरुलाई समान आँखाले हेरेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ । माओवादीको यो नीतिले देशलाई एकतावद्ध गर्ने निष्कर्षसहित माओवादी केन्द्रमा आएको हुँ ।’
प्रतिक्रिया 4