+
+

कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्छः प्रचण्ड

‘टाउकाको मूल्य तोक्नेले गणतन्त्रको रखबारी गर्न सक्दैनन्’

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते १०:३८

८ असार, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।

बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताए ।

‘माओवादी बलियो हुँदा मात्र परिर्वतन संस्थागत हुन सम्भव छ’ उनले भने, ‘गणतन्त्र चाहियो भन्दा संकटकाल लगाएर टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?