+
+

बाजुराको पाण्डवगुफा गाउँपालिकामा अध्यक्षमा एमालेका कालिवहादुर शाही बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १६ गते ७:५३

१६ असार, बाजुरा । बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुसंख्यक वडा जितेर आफ्नो बर्चश्व कायम गरेको छ ।

शुक्रवार विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालिवहादुर शाही १४५१ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुन्दर विष्टले ९८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४९० मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा रोकाया ९८७ मत प्राप्त गरेकी छन् ।

गाउँप्ाालिकाका ६ वडामध्ये ४ मा एमाले र एक एक वडामा कांग्रेस र माओवादीले जित निकालेका छन् । बाजुराको यो पहिलो निर्वाचन परिणाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?