Comments Add Comment

‘ग्याङस्टार ब्लूज’को ट्रेलरमा ग्याङस्टार आशिरमान, मायालु आना


चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट नव–नायक आशिरमान देशराजले ठूलो संभावना देखाएका छन् । वुधबार सार्वजनिक भएको ट्रेलरमा उनको २ थरी अवतार देखाइएको छ । लामो कपाल पालेका ग्याङस्टार शैलीका आशिरमान र प्रेमको संसारमा डुबेका आशिरमानको छोटो काम हेरेपछि उनको भविष्य र संभावनाको बारेमा चर्चा हुन थालेको छ ।

६३ दिन लगाएर छायांकन गरिएको यो चलचित्रको निर्माण सरोज न्यौपानेले गरेका हुन् । लभ स्टोरी चलचित्र निर्देशनमा सफल मानिएका हेमराज वीसीले यसको निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक हेमराज वीसीले चलचित्रले एउटा व्यक्तिको ग्याङस्टार बन्नुपर्ने कारणको कथा भन्ने बताए । उनले, चलचित्रको ट्रेलरमा समावेश केही शब्दको बचाउ पनि गरे । सेन्सरमा जानु अगाडि निर्माणपक्षलाई पनि केही खुल्न दिनुपर्ने उनको भनाई थियो ।

निर्माता सरोज न्यौपानेले कथावस्तु र मेकिङ उत्कृष्ट भएकाले आफूले दिल खोलेर लगानी गरेको सुनाए । नायक आशिरमानले यो चलचित्रका लागि आफूले मिहिनेत गरेको भन्दै त्यसको प्रतिफल पाउनेमा विश्वस्त रहेको सुनाए ।

भदौ २ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा आशिरमानको ग्याङस्टार अवतार, नायिका आना शर्मासँगको प्रेम सम्बन्धलाई देखाइएको छ । आशिरमान र आनाका अलवा चलचित्रमा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment