+
+

कालीगण्डकी किनारमा भेटिएको शव बेपत्ता शिक्षकको भएको पुष्टि

रासस रासस
२०७४ असार २४ गते ७:३४


२४ असार, पर्वत । बेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ ।

डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए । ‘शवसँग पौडेलका बाबु, आमाको रगत पठाएका थियौँ, डिएनए परीक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको छ’, उनले भने ।
कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल गत जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाअन्तर्गत कालीगण्डकी किनारमा उनको शव भेटिएको थियो । शव पौडेलकै भए/नभएका विषयमा पुष्टि गर्न प्रहरीले डिएनए परीक्षणका लागि राजधानी पठाएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?