Comments Add Comment

संसदको म्याद थप्ने हल्ला निराधारः नेता निधि

१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदको म्याद एक वर्ष थप्ने हल्ला निराधार भएको बताएका छन् ।

काठमाडौंको सतुंगलमा रहेको बागेश्वरी अस्पतालको दशौं बाषिर्कोत्सवको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री निधिले एक बर्ष संसदको म्याद थप्ने हल्ला निराधार भएको बताएका हुन् ।

वर्तमान सत्तागठबन्धनका मुख्य दुई घटक कांग्रेस र माओवादी केन्द्र म्याद थप्ने पक्षमा नभएको उनको भनाइ थियो ।

निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने र मंसिर मसान्तभित्र प्रदेश र संघीय संसदको निर्वाचन हुने उनले बताए ।

निधिले एक दुई दिनभित्रै मन्त्रिमण्डल बिस्तार गरिने बताए । मन्त्रालय बाँडफाँड कार्यदलमा रहेका निधिले माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्किए लगत्तै मन्त्रालय बाँडफाँड टुंग्याएर मन्त्रिमण्डल बिस्तार गरिने उल्लेख गरे ।

एमालेले साथ नदिएका कारण संविधान संशोधन प्रकृया अघि बढ्न नसकेको भन्दै नेता निधिले भने, ‘संघीयता कार्यान्वयन र मधेसका समस्या समाधान गर्नका लागि अघि बढाइएको संविधान संशोधनमा साथ नदिएबाट प्रष्ट हुन्छ एमाले मुलुकमा संघीयता चाहँदैन ।’

दुई तिहाई नपुग्ने भएपछि तत्कालका लागि संशोधन प्रकृया स्थगित गरिएको उनले बताए । नेता निधिले भने, ‘पास नभए पनि मतदान प्रकृयामा जाउँ भनेर राजपाका नेताहरु भन्छन् भने कांग्रेस प्रकृया अघि बढाउन तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment