+
+

तानसेन नगर कार्यपालिकाले पूर्णता पायो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १ गते १९:३४

१ साउन, तानसेन । पाल्पाको तानसेन नगरकार्यपालिकाले पूर्णता पाएको छ । मेयर अध्यक्ष, उपमेयर उपाध्यक्ष, वडा अध्यक्ष र मनोनित सदस्यसहित तानसेन नगरकार्यपालिका २४ सदस्यीय भएको छ ।

महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वाचित सदस्यहरुले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचनको कार्यालयले सदस्यको निर्वाचनका लागि मनोनयनको दर्ता गर्दा तानसेन नगर कार्यतालिकामा नेकपा एमालेका सदस्यहरुको मात्र मनोनयन दर्ता भएको थियो । कार्यपालिका सदस्य पदमा निर्विरोध भएका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका छन् ।

सपथ लिनेमा महिला सदस्य तर्फ कमला भण्डारी, बुद्धिसरा सुनार, मैयादेवी घिमिरे, सुनिता श्रेष्ठ र शशी श्रेष्ठ छन् । दलित तथा अल्पसंख्यकमा दीपक विश्वकर्मा, विमला वौडेल र भिमबहादुर सुनार रहेको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए ।

तानसेन नगरपालिकाको मेयरमा अशोक कुमार शाही र उपमेयरमा लक्ष्मी पाठक चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?