४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सडक, विद्युत र खानेपानी महानगर मातहत राख्न माग गरेका छन् ।
ढलमा बगेर बालिकाको मृत्यु भए लगतै बोलाएको एउटा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं अवस्था महानगर भन्न पनि लाजलाग्ने अवस्था रहेको बताएका थिए । उक्त छलफलमा महानगरलाई नबोलाएपछि मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी आफैं प्रधानमन्त्रीलाई भेट्न पुगेका छन् ।
सिंहदरबारमा भएको भेटमा महानगरका मेयर र उपमेयरले सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो भनिएपनि धेरै अधिकार नगएको बताए । ‘सडक विभाग हाम्रो मातहतमा नआएसम्म हामीले पनि औल्याउने मात्र हो’ उपमेयर खड्गीले भनिन्, ‘सडक, विद्युत र खानेपानी हाम्रो मातहतमा आए काम गरेर देखाउँछौं ।’
भेटमा प्रधानमन्त्री देउवाले आफूले काठमाडौंका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्नू भनेर आफूले निर्देशन दिएको भन्दै कहाँ के भइरहेको छ भनेर सोधेका थिए ।
प्रतिक्रिया 4