+
+

एनआरएनए कुबेतको अध्यक्षमा पुनः अर्जुन तामाङको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २३ गते १८:०३

७ अगष्ट, कुबेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुबेतको आगामी कार्यकालका लागि अर्जुन तामाङले पुनः अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

यही अगष्ट १८ तारिखमा हुन लागेको पाँचौं राष्ट्रिय महाधिवेशन पश्चात बन्ने नयाँ कार्यसमितिको लागि तामाङले पुनः अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

तामाङसंगै कार्यसमितिका विभिन्न पदमा ३२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अगष्ट ५ तारिखमा निर्वाचन समितिका संयोजक सुजन के.सी.का साथै शिबप्रसाद कोइराला, नैनाकला राई, कोषराज राई र आनन्द आचार्य निर्वाचक रहेको निर्वाचन समिति समक्ष अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यसहित राष्ट्रिय समन्वय परिषदको विभिन्न पदमा गरी जम्मा ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी कार्यकालको लागि पुनः निबर्तमान अध्यक्ष अर्जुन तामाङको एकल उम्मेदवारी परेको हो ।

यसरी उम्मेदवारी दिनेहरुमा यस पटक अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा १ जना, राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा १ जना, उपाध्यक्षमा ५ जना, महासचिवमा १ जना, सचिवमा १ जना कोषाध्यक्षमा १ जना, युवा संयोजकमा १ जना, महिला प्रतिनिधिमा ३ जना र सदस्यमा १८ जनाको छन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यका लागि कुबेतको नेपाली समाजमा परिचित वर्तमान राष्ट्रिय परिषदका महासचिव अमित राईको उम्मेदवारी परेको छ ।

यस पटकको एनआरएनए कुबेतको उम्मेदवारीलाई दर्ता संगै उपाध्यक्ष र महिला प्रतिनिधि बाहेक अन्य पदमा स्वतः निर्वाचित हुने देखिन्छ भने ३ जना उपाध्यक्ष निर्वाचित गर्नको लागि ५ जनाको उम्मेदवारी परेको र १ जना महिला प्रतिनिधि निर्वाचित गर्नका लागि ३ जना महिला प्रतिनिधिहरु मैदानमा उत्रिएका छन् ।

अत्याधिक नेपाली महिला घरेलु कामदार रहेको कुबेतमा उत्साहजनक रुपमा महिलाहरुको उम्मेदवारी पर्नुले कुबेतमा चर्चाको बिषय बनेको छ ।

आगामी कार्यकालको लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छ :

आइसीसी सदस्य

अमित राई
एनसीसी

अध्यक्ष-अर्जुन तामाङ
उपाध्यक्षहरू
अमृत बहादुर गुरुङ
सुमित्रा देवी पौडेल
बिष्णु परियार
अनिल लामा
राजु कार्काी

महासचिव
हरि कुमार लावती

सचिव
उमेश फुयाँल

कोषाध्यक्ष
हर्कबहादुर मोक्तान

युवा संयोजक
गणेशबहादुर रावत

महिला संयोजक
योगिना राई
सुष्मिता लिम्बु
मधुमाया मगर

कार्यकारी सदस्य
रमेश कुमार राई
अक्कल माया सुनुवार
उत्तरकुमारी सुनुवार
अमृता बान्तवा
बुद्धिमान तामाङ
सुवास श्रेष्ठ
गोविन्द न्यौपाने
गीता गुरुङ
मुकुन्द कार्की
रेशम बि.क.
शिबकुमार श्रेष्ठ
रमिता तामाङ
नीमा ग्याल्बो लामा तामाङ
श्यामकुमार लामा
सुन्दर गिरि
कुमार पुरि
राम्जी गुरुङ
सुनिता ताम्राकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?