+
+

श्रीकृष्ण र साईबाबा ग्यासले पाए नेपाल गुणस्तर चिन्ह

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ६ गते १९:१०

६ भदौ, काठमाडाैं । नेपालका दुई अग्रणी एलपी ग्यास ब्राण्डले नेपाल गुणस्तर चिन्ह पाएका छन् । हालै नेपाल सरकारको गुणस्तर तथा नापतौल बिभागले श्रीकृष्ण ग्यास र साईबाबा ग्यासलाई गुणस्तरीयताको प्रतिक ‘एनएस’ चिन्ह प्रदान गरेको छ ।

बिभिन्न परीक्षणमा यी दुवै ब्राण्डका ग्यास गुणस्तरमा अब्बल सावित भएपछि बिभागले नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।

‘हामीले लामो समयदेखि गुणस्तर र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै कारोबार गर्दै आएका थियौं’ दुवै ग्यास उद्योगका संस्थापक राजेन्द्र डल्लाकोटीले भने-‘गुणस्तरको प्रमाणपत्रबाट हामी उत्साहित छौं, आगामी दिनमा पनि हामीले गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै उपभोक्ताको बिश्वास अझै बढाउने छौं ।’

दुवै ग्यास उद्योगका प्रर्बद्धक एकै भए पनि दुवै कम्पनीले भिन्नभिन्न स्थानमा फिलिङ सेन्टर स्थापना गरी उपभोक्तालाई सेवा प्रदान गर्दै आएका छन् । दुवै ब्राण्ड बहुसंख्यक उपभोक्ताको रोजाइमा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?