+
+

एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ७ गते १९:५५

७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्ने दावी गरेका छन् ।

काठमाडौंको बबरमहलमा बुधबार अखिल क्रान्तिकारीको एकताको २१ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश माओवादीकै एजेण्डामा चलेको भन्दै सबै माओवादी एक भएर एक-डेढ वर्षमै पुनः चमत्कार गर्ने बताए ।

‘आर्थिक विकास, समृद्धि र देशलाई स्वाधिन बनाउने तागत माओवादीसँगै छ । तर, यस बीचमा माओवादीमा टुटफुट भयो, हामी एकतावद्ध हुन सकेनौं,’ पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले भने,’ अहिले फेरि एकता र ध्रुवीकरणको लहर चलेको छ । हेर्दै जानुहोला, हामी एकतालाई पनि एउटा टुङ्गोमा लैजान्छौं, देशका सबै शक्तिहरुलाई एकतावद्ध गर्छाैं र राष्ट्रको नेतृत्व गर्छाैं, एक-डेढ वर्षमा माओवादीले फेरि चमत्कार गर्छ ।’

माओवादी कमजोर भयो अब परिवर्तन उल्टाउन सकिन्छ भन्ने सपना देख्न थालेकाहरुको अहिले माओवादी एकताले गर्दा सातो गएको प्रचण्डले बताए ।

उद्घाटन कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष अमृता थापा, वाईसीएल नेपालका अध्यक्ष दीपशिखा, नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, अनेरास्ववियूका अध्यक्ष नबिना लामा लगायतले शुभकामना दिएका थिए ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २००० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?