+
+

रौतहटमा ब्यापारीको अवैध धन्दा: नेपाली बोरामा भारतीय चामल बिक्री !

गाैतम श्रेष्ठ गाैतम श्रेष्ठ
२०७४ भदौ १४ गते १७:५२
तस्करहरुबाट बरामद चामलसहितको ट्याक्टर

१४ भदौ, रौतहट । चामल तस्करहरुले रौतहटमा नयाँ विधि सुरु गरेको रहस्य खुलेको छ । नेपाली बोरामा भारतीय चामल सशस्त्र प्रहरीले बरामद गरेपछि तस्करीको नयाँ तरिका पर्दाफास भएको हो ।

राजु ट्रेडिङ्ग बाराको उत्पादन पूर्णागिरी ब्राण्डको चामलको बोरा भारतीय बजार बैरगनीयाबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको थियो । भारतीय चामललाई नेपाली बोरामा प्याक गरेर सिमावर्ती भारतीय सहर बैरगनियाबाट भित्र्याएका व्यापारीहरूले सो चामल रौतहटको मध्यबजार गरुडा पठाउन लागेका थिए ।

‘नेपाली ब्राण्ड भनेर बोरा छापेपछि सो बोरामा भारतीय बजारबाट चामल भरेर भन्सार छलि नेपाली बजारमा भित्राएको पाइयो,’ सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले भने, ‘भारतीय बजारबाट भित्राएपछि नेपाली बोराको चामलमा सुरक्षाकर्मीले चेकजाँच नगर्ने भन्दै चामल व्यापारीले तस्करीको नयाँ उपाय खोजेको पता लागेको छ ।’

ना ५ त ७२२८ नम्बरको ट्याक्टरमा लोड गरेर गरुडा तर्फ लाँदै गरेको १२८ बोरा चामल सशस्त्र प्रहरीले चेकजाँचका क्रममा गौर नगरपालिकाको सबगढामा नियन्त्रणमा लिएको थियो । बोरामा नेपाली ब्राण्ड छापेर भन्सार बिना नै सजिलै जिल्लाका विभिन्न भागमा पुग्ने गरेको छ ।

उत्पादक राजु ट्रेडिङ्गले पनि सो चामलका बोराहरु आफ्नो नभएको दाबी गरेको छ । नक्कली बोरा छापेर व्यापारीले बदमासी गरेको उत्पादक कम्पनीले जनाएको छ ।

सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको झण्डै पाँच लाख बराबरको सो चामल र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ । हिजो बरामद एक लाख भन्दा बढीको कपडा समेत भन्सारमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?