+
+

राहुलले अमिताभको नाम लिदा ऋषि कपुर आक्रोशित

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १०:५९


राहुल गान्धीले बलिउड नायक अमिताभ बच्चनको नाम लिएपछि अर्का नायक ऋषि कपुर क्रुद्ध भएका छन् । उनी, कांग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धी बिरुद्ध खनिएका छन् ।

राहुल गान्धीले बंशवादको विषयमा गरेको टिप्पणीपछि क्रुद्ध भएका कपुरले इज्जत प्रेम पाउनका लागि मिहिनेत गर्नुपर्ने भन्दै गुण्डागर्दीले प्रतिष्ठा हासिल नहुने टिप्पणी गरेका छन् ।

राहुलले अमेरिकाको बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा भारतमा बंशवादको विषयमा प्रवचन दिएका थिए ।’भारत बंशवादमै चलेको छ ।’ राहुलले भने । मुलायम सिंहका छोरा अखिलेस यादब उत्तर प्रदेशको मुख्यमन्त्री बनेको उदाहरण दिँदै राहुलले करुणानिधीका छोरा एक के स्टालिन् राजनीतिमा सक्रिय रहेको भन्दै अमिताभ बच्चनका छोरा अभिषेक बच्चन पनि बंशवादकै कारण अभिनयमा सक्रिय रहेको उदाहरण दिए ।

राउलको अभिब्यक्ति आउने बित्तिकै ऋषि कपुरले तीनवटा ट्विट गरे । उनले लेखका छन्-‘राहुल गान्धी, भारतीय सिनेमाको १०६ वर्षे इतिहासमा ९० वर्ष कपुर खानदानको योगदान छ । कपुर खानदानका हरेक पुस्तालाई दर्शकले मनपराउँदै आएका छन् ।’

लगत्तै उनले अर्को टिप्पणी गरे-‘भगवानको कृपाले अहिले कपुर खानदानको चौथो पुस्ता बलिउडमा सक्रिय छ । पृथ्वीराज कपुर, राज कपुर, रणधिर कपुर र रणबीर कपुर ।’

राहुलले अमिताभ बच्चनको नाम लिएकाले ऋषि कपुर क्रुद्ध भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?