बलिउड नायिका प्रियंका चोपडा फेरि एकपटक चर्चामा आएकी छिन् । यसपटक भने उनको चर्चा पहिरनका कारणले गर्दा भएको हो । ६९ औं ‘एमी अवार्ड’को रेड कार्पेटमा उनले लगाएको पहिरनका कारण उनको चर्चा भैरहेको हो ।
उनी यो अवार्डमा पुग्दा सेतो कलरको पंखा शैलीको आउटफिटमा पुगेकी थिइन् । जुन पहिरनमा उनी निकै आकर्षक देखिइन् । यो कार्यक्रममा हलिउडका चर्चित हस्तीहरु पनि पुगेका थिए । तर, सबै लाइटमलाइट भने चोपडाले नै तानिन् । कार्यक्रममा नायिकाले ‘आउटस्ट्यान्डिङ भेराइटि टक सिरिज’को अवार्ड समेत प्रस्तुत गरिन् ।
नायिका चोपडा अवार्डको लिस्टमा परेकी थिइनन् । तर, उनको पहिरनले उनलाइ चर्चामा ल्यादिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4