१९ असोज, बारा । बाराको सिमरास्थित नेपाल राष्ट्रिय माविमा कक्षा १२ मा बिज्ञान संकायमा अध्ययनरत प्रतीक्षा सिवाकोटी सलार्हीकी हुन् । राजधानीकै निजी कलेजमा पाइने सबै सुविधा यतैको सरकारी कलेजमा पाइने भएपछि उच्च शिक्षाका लागि उनी यहाँ आइन् । कजेलमा अत्याधुनिक बिज्ञान प्रयोगशाला सहित अध्ययन् गर्न पाउँदा खुशी छिन् ।
‘काठमाडौं पढेको भए खर्च धान्नै मुस्किल हुन्थ्यो, तर यहाँ पढ्न र बस्न दुवै सस्तो ।’ उनले थपिन्, ‘अन्य संकाय जत्तिकै न्युन शुल्क छ, शिक्षकहरु पनि अनुभवी हुनुहुन्छ,’
बिज्ञान संकायमा सिमरामा भर्ना हुन आएका सर्लाहीका सन्दिप सिंखडा पनि कक्षा ११ को नतिजा उत्कृष्ट आउने आशामा छन् । कक्षा १२ मा पढ्दै गरेका उनी भन्छन्, ‘बिज्ञानका सबै सुबिधा पाएका छौँ, निजी कलेजले लिने भर्ना शुल्कले यहाँ आधा बर्षकै फी तिर्न पुग्छ ।’
उनीहरु त प्रतिनिधि बिद्यार्थी मात्र हुन् । मध्य तराईमा यस बिद्यालयको लोकप्रियता यति बढेको छ कि अभिभावकहरुले आफ्ना छोराछोरीलाई शिक्षाका लागि यसै बिद्यालय रोज्न थालेका छन् । छिमेकी जिल्ला रौतहट, सर्लाही, मकवानपुर, महोत्तरीका बिद्यार्थीहरु यहाँ बिज्ञान संकायमा अध्ययनरत छन् ।
जितपुर-सिमरा उपमहानगरपालिकास्थित यस मावि चार शंकाय अध्यापन गराउने जिल्लाकै एकमात्र सामुदायिक बिद्यालय हो । बिज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी गरी ४ संकायमा पठनपाठन गराइरहेको बिद्यालयले बिज्ञान बिषयको अध्यापनमा भने मध्य तराईमै नमुना बिद्यालयका रुपमा पहिचान स्थापित गरेको छ ।
बिज्ञान संकाय अध्ययन गर्न जिल्लाका बिद्यार्थीहरु अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा सिमराको राष्ट्रिय माबिले स्तरीय बिज्ञान संकायको पठनपाठन सुरु गरेपछि भने जिल्लाका बिद्यार्थीहरु लाभान्वित भएका छन् । अध्ययनका लागि अन्य जिल्लाहरुबाट राजधानी बाहिरिने बिद्यार्थी केही बर्षदेखि बाराको सिमरामै अध्ययनरत छन् ।
बिज्ञान संकायमा अघिल्लो बर्षको शतप्रतिशत नतिजाले बिद्यार्थीका चाप बढेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमले बताए । जिल्लामा ८ वटा बिद्यालयले बिज्ञान संकाल पठनपाठनको सम्बन्धन लिए पनि अन्य कलेजको पठन पाठन प्रभावकारी छैन ।
‘हामीले बिज्ञान संकायमा तराइकै उत्कृष्ठ नतिजा ल्याएका छौँ, व्यवस्थापन समितिका अध्यक्ष गौतमले भने, ‘हामी निजी बिद्यालय भन्दा कुनै पनि कुरामा कम छैनौं ।’
उनले आगामी योजनामा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको सुरुवात गर्ने तयारीमा लागेको समेत बताए । हाल बिज्ञान संकायमा कक्षा १२ मा २७ बिद्यार्थी अध्ययनरत छन् । ११ कक्षाको भर्ना खुलिरहेको छ ।
बिद्यालयको यहि गुणस्तरकै कारण निजी बिद्यालयबाट एसईई पास गरेका हरुपनि यस बिद्यालयमा उच्च शिक्षाका लागि भर्ना भएका छन् । बिद्यालयका प्राचार्य शंकर कुमार आर्चायले बिद्यालयलाई आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जिल्लाकै शैक्षिक हबका रुपमा बिकास गर्ने उद्देश्यले बिद्यायलको भौतिक पुर्वाधारलाई समेत आधुनिक गर्दै लगिएको बताए । बिद्यालयमा सांकेतिक भाषाका बिद्यार्थीसमेत अध्ययनरत छन् । राज्यले देशका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने नीतिअनुरुप बिद्यायले सबैखाले सुबिधा दिइरहेको बिद्यालयका सह-प्राचार्य अच्युतदेव सिटौलाले बताए ।
यस बर्ष नमुना बिद्यालयमा छनौट
जितपुरसिमरा उपमहानगरपालिका सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय जिल्लाको नमुना बिद्यालयमा छनौट भएको छ ।
बिद्यालयको भौतिक पुर्वाधार, विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, सिर्जनात्मक क्रियाकलाप लगायत अन्य पक्षहरुका अधारमा बिद्यालय नमुनामा छनौट भएको हो । बि.सं. २०१४ सालमा प्राथमिक तहमा स्थापना भएको यस बिद्यालय २०२८ सालमा निमाबि, २०४३ सालमा माध्मामिक तह र २०५४ सालदेखि उच्च माध्यामिक शिक्षा प्रदान गर्न थालेको हो ।
यसअघि यस उच्च माविलाई उच्च माध्यामिक शिक्षा परिसदले मध्य तराईकै उत्कृष्ट उच्च माबिका रुप्ामा घोषित गरेको थियो ।
२०६८ सालदेखि नै अंगेजी माध्यमबाट कक्षा संचालन गर्न सुरु गरेको बिद्यालयले हाल कक्षा १ देखी १२ सम्मनै अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यापन गराइरहेको छ । स्थापना कालदेखि नै स्तरीय पठनपाठन र मर्यादित परीक्षामा नाम स्थापित गराउन सफल बिद्यालयमा हाल कक्षा १ देखि १२ कक्षामा १ हजार ८ सयको हाराहारीमा बिद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया 4