२५ असोज, काठमाडौं । वाम गठबन्धनको बहस चलिरहेको बेला नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा हुँदैछ । बुद्धनगर पार्टी प्यालेस बुद्धनगरमा दिउँसो एक बजे पार्टी एकता घोषणा सभा हुन लागेको हो ।
गणेश साहले नेतृत्व गरेको नेकपा संयुक्त शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी छ ।
नेकपा संयुक्तको २२ असोजमा सम्पन्न पोलिटव्यूरो बैठकले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई मंगलबारको केन्द्रीय समिति बैठकले पारित गरेको थियो ।
नेकपा संयुक्तका पोलिटव्यूरो सदस्य सुनिल मानन्धरले माओवादी केन्द्रसँग एकताको प्रस्ताव राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4