+
+

भीरबाट लडेर गोरखामा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १ गते ९:५३

१ कात्तिक, गोरखा । भीरबाट लडेर गोरखामा एक युवकको ज्यान गएको छ । जिल्लाको धार्चे गाउँपालिका–३, लुम्चेतका २६ वर्षीय जीतमान गुरुङको मंगलवार साँझ भीरबाट लडेर मृत्यु भएको हो ।

निगालो काट्न जंगलमा बास बस्न गएका गुरुङ साँझ पानी लिन जाँदै गर्दा भीरबाट लडेका थिए । भीरबाट लडेका उनको घटनास्थलमै ज्यान गएको उनीसँगै गएका साथीको भनाइ उद्धृत गर्दै स्थानीय गणेशमान घलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?