+
+

एमाले-माओवादीले सत्ताको लोभ गरेपछि गठवन्धनबाट बाहिरिएँः डा. भट्टराई

विकास मरहट्टा विकास मरहट्टा
२०७४ कात्तिक ६ गते १३:४०

६ कात्तिक, गोरखा । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले एमाले र माओवादी केन्द्रले बैचारिक रुपान्तरणभन्दा पनि सत्ताको लोभ गरेकाले आफू गठवन्धनबाट बाहिरिएको बताएका छन् ।

गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा पत्रकार सम्मेलन गरी तालमेलमा माओवादी केन्द्र र एमालेको इमान्दारीता नदेखिएको आरोपसमेत लगाए ।

‘एमाले, माओवादी सबै रुपान्तरित हुने भनेर गठवन्धन गर्‍यौं,’ भट्टराइले भने, ‘तर उहाँहरुले चुनावी दाउपेच र सत्ताको लोभ मात्र गर्नुभयो त्यसैले हामी गठवन्धनबाट बाहिरिएका हौं ।’

नयाँ शक्ति पार्टी वाम लोकतान्त्रिक शक्ति भएकाले कांग्रेससँग चुनावी तालमेल गरेको उनको दावी छ । ‘हाम्रो पार्टीको वाम लोकतान्त्रिक नीति हो, त्यसैले वाम र लोकतान्त्रिक जो कोहीसँग पनि एकता हुन सक्छ,’ भट्टराईले भने ।

गोरखाबाट सुरुवात भएको गठवन्धनको नयाँ प्रयोग देशभर उदाहरण बन्न सक्ने उनले बताए । ‘समृद्धि सबैका लागि’ भन्ने मूल नारा बनाएर निर्वाचनमा जाने उनले बताए ।

गोरखामा बन्दै गरेका बुढीगण्डकी परियोजना, मध्य पहाडी लोकमार्ग लगायतका पूर्वाधार निर्माणमा आफूले ठूलो योगदान रहेको जिकिर गर्दै भट्टराईले सबै अयोजनाहरुले पूर्णता पाउनका लागि आफूलाई जिताउन मतदातासँग आग्रह पनि गरे ।

गोरखा क्षेत्र नम्वर २ आफ्नो जन्मथलो र कर्मथलो दुवै भएकाले पुनः एकपटक आफूलाई जिताउन उनले जनतासँग अनुरोध पनि गरेका छन् ।

यो पनि पढ्नुहोस्

बाबुराम आफ्नै प्रवृतिले वाम गठवन्धनमा टिक्नु भएनः नारायणकाजी

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?