खाना पकाउन होस् वा दाल पकाउन । चाहे मासु पकाउन होस् । हामी प्रेसर कुकर प्रयोग गर्छौ । यसमा छिटो छरितो मात्र होइन, स्वादिलो पनि हुन्छ । प्रेसर कुकरको प्रयोगले आगोको बचत हुन्छ, समयको बचत हुन्छ ।
तर, कहिले कहि प्रेसर कुकरले धराप पनि बन्न सक्छ । यदि सहि ढंगले प्रयोग गर्न जानिएन भने प्रेसर कुकुर खतरनाक हुन पुग्छ । हाम्रा केहि गल्ती, जसले प्रेसर कुकर धराप बनाउँछ ।
प्रेसर कुकर जबरजस्ती खोल्दा
कुकरमा खाना बनाउँदा यसभित्र बाफ जम्मा हुन्छ जसले गर्दा चाँडै खाना पाक्छ । त्यसैले ध्यानमा राख्नुस, कि जबसम्म पुरै बाफ बाहिर निस्किदैन, तबसम्म कुकरको ढक्कन खोल्नु हुँदैन । जबरजस्ती खोलियो भने वाफले पोल्न सक्छ ।
पानीबिना कुकरको प्रयोग
कुकरमा जुनसुकै खानेकुरा बसाल्दा पनि सिटी लगाउनुअघि पानी हाल्नैपर्छ । पानीबिना सिटी लगाइयो भने भित्र वाफ जम्मा हुन्छ र पड्किने खतरा हुन्छ ।
प्रेसर कुकर चर्कियो भने
प्रेसर कुकर यदि चर्कियो भने यसको प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । अन्यथा यसले नोक्सानी पुर्याउन सक्छ ।
बन्द गर्ने सही तरिका
खाना बनाउने क्रममा कुकरलाई सही ढंगबाट बन्द गर्नु अति जरुरी छ । कहिलेकाहीँ प्रेसर कुकरले खाना बनाउन अत्यधिक समय लगाउँछ । त्यसको मतलब हो, कुकरको बिर्को राम्ररी लगाउनुभएको छैन अथवा यसको रबर खराब भइसकेको छ ।
हरेक चिज कुकरमा नउमालौं
ध्यानमा राख्नुपर्छ कि हरेक तरकारी वा अन्न कुकरमा उमालिँदैन । केही चिजहरु मात्रै उमालिन्छ ।
प्रतिक्रिया 4