२१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको छ ।
मतदान स्थलहरुमा पुग्ने क्रममा सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेट भएको हो । भेटमा दुबै उम्मेदवारले एकअर्कालाई शुभकामना दिएका छन् र सामूहिक तस्वीर खिचाएका छन् ।
‘गाडीबाट झर्दै गरेको देखेपछि मैले हात मिलाएँ र प्रकाशमानजी तपाईलाई शुभकामना छ भनें,’ मिश्रले अनलाइनखबरसँग भने, ‘उहाँले पनि शुभकामना भन्नुभयो ।’
दुबै उम्मेदवार ‘फेरि पनि भेट्नुपर्छ है’ भन्दै छुटि्टएका छन् ।
दुबै उम्मेदवारले आफू जित्ने दाबी गरेका छन् । तर, दुबैले आफूलाई भने भोट हाल्न पाएनन् ।
विवेकशील साझाका संयोजक मिश्रले ललितपुर २ बाट मतदान गरेका छन् भने कांग्रेस पूर्वमहामन्त्री सिंहले काठमाडौं ७ बाट मतदान गरेका छन् ।
प्रतिक्रिया 4