+
+

मनपरी चलाइएका पाँच ड्राइभिङ सेन्टरमा सिल

सरकारी अनुमति नलिइकनै सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३ गते १३:३३


३ पुस, काठमाडौं । ड्राईभिङ सिप सिकाउने उद्देश्यले खोलिएका उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक पाइएको छ । ड्राइभिङ सेन्टरहरूले बिना दर्ता र सञ्चालन अनुमति नै कारोबार गरिरहेको भेटिएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतवार एकैदिन पाँच वटा यस्ता ड्राइभिङ सेन्टर बन्द गरेको छ । विभागले आठ वटा ड्राइभिङ सेन्टर अनुगमन गरी पाँच वटामा सिल गरेको हो ।

सम्बन्धित निकायमा दर्ता नगरिएको, सञ्चालन अनुमति नलिएको लगायत भेटिएपछि विभागले त्यस्ता ड्राइभिङ सेन्टरमा सिल गरेको हो ।

बिना अनुमति सञ्चालन गरेको पाइएपछि विभागले आइतवार काठमाडौंको सानेपामा सञ्चालित युटर्न ड्राइभिङ इन्सटिच्यूट, धोबीघाटको महालक्ष्मी ड्राइभिङग इन्स्िटच्युट र मेगा ड्राइभिङग इन्स्िटच्युट सिल गरेको छ । त्यस्तै, विभागले राधेराधे भक्तपुरको पर्फेक्ट भेहिकल्स स्कुल एण्ड ईईन्टरप्राईजेज र काठमाडौं तीनकुनेको एन्जल मोटर ड्राइभिङग ट्रेनिङग सेन्टरमा पनि सिलबन्दी गरेको छ ।

‘ड्राइभिङ सेन्टर सञ्चालनका लागि यातायात व्यवस्था विभाग वा त्यसअन्तर्गतका यातायात कार्यालयबाट अनुमति लिनुपर्छ,’ विभागका शाखा अधिकृत श्री अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, अनुगमनका क्रममा अधिकांश ड्राइभिङ सेन्टरले यस्तो अनुमति नलिएको र समयमा नवीकरण पनि नगरेको पाइयो ।’

युटर्न ड्राइभिङ इन्स्िटच्यूट विगत डेढ वर्षदेखि नवीकरण नभएको, आवश्यक पूर्वाधारको व्यवस्थापन नगरिएको लगायत कैफियत देखिएपनि सिल गरिएको थियो । महालक्ष्मी ड्राइभिङग इन्टिच्यूट र मेगा ड्राइभिङग इन्टिच्यूटले भने दर्ता नै नगरी सञ्चालन गरेको पाइएपछि दुवैको कारोबार नै रोक्का गरी सिल गरिएको विभागका शाखा अधिकृत अधिकारीले बताए ।

त्यस्तै, पर्फेक्ट भेहिकल्स स्कुल एण्ड इन्टरप्राईजेजले भने व्यवसाय दर्ता, प्यान दर्ता, यातायात व्यवस्था विभागबाट सञ्चालनको अनुमति नै नलिइएको भेटिएको थियो । एन्जल मोटर ड्राइभिङग ट्रेनिङग सेन्टर पनि अनुमति बिना नै सञ्चालनमा रहेको पाइएपछि सिल गरिएको विभागले जनाएको छ ।

स्मार्ट भेहिकल पि्रटष्ट सेन्टर प्रालि, इजी ट्रायल सेन्टर प्रालि र ब्लूमुन मोटर ड्राइभिङ सेन्टर प्रालिमा पनि आवश्यक पूर्वाधारको पर्याप्तता नदेखिएपछि विभागले आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?