पूजापाठमा हामी शंख बजाउँछौ । मन्दिरमा शंखको ध्वनी सुनिन्छ । मृत्यु संस्कारमा पनि शंख प्रयोग गरिन्छ । मन्दिर वा घराको पूजा कोठामा शंख राखेको हुन्छ । देवी देवताको तस्विरमा पनि शंख देखिन्छ । शंख, जो समुन्द्री जीवको खोल हो, यसले किन यति धेरै महत्व पाएको होला ?
यसको वैज्ञानिक कारण छ । शंख बजाउनु वा शंख राख्नु आडम्बर होइन । खासमा शंखको सम्बन्ध हाम्रो शरीर र आत्मासँग छ । शंखको प्रयोगले हाम्रो स्वास्थ्यमा एकदमै प्रभावकारी लाभ मिल्छ ।
के हो शंख ?
समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो, शंख । हिन्दु धर्ममा शंखको खास महत्व छ । यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ । यसले धर्तीलाई जागृत गराउँछ ।
कति प्रकाराको हुन्छ ?
शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ ।
किन शंख बजाइन्छ ?
शंख बजाउनुलाई शुभ मानिन्छ । त्यसैले पूजापाठ, विजय उत्सव, विवाह, राज्यभिषेक, हवन आदिमा शंख बजाइन्छ । शुभ किन मानिन्छ त ?
शंख बजाउँदा त्यसबाट उत्पन्न ध्वनीले हाम्रो स्वास्थ्यमा खास प्रभाव पार्छ । खासगरी हृदयरोगमा यसले फाइदा गर्छ । यसले वातवरणिय शुद्धिकरणको काम पनि गर्छ । शंखको ध्वनीबाट निस्कने तरंगले व्याक्टेरिया नष्ट गर्ने बताइन्छ । यसले हैजा, मलेरिया आदिको किटाणु नष्ट हुन्छ ।
शंखको प्रयोगबाट हुने स्वास्थ्यमा फाइदा
शंख राख्नु, बजाउनु र यसमा पानी राखेर उचित ढंगले प्रयोग गर्नुको खास फाइदा छ ।
-शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ । दमका रोगीलाई बेलुन फुक्न लगाएर जुन किसिमको उपचार विधी अपनाइन्छ, त्यसैगरी शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिन्छ ।
-शंखमा पानी संचित गरेर त्यसलाई पिउने चलन पनि छ । शंखमा राखिएको पानीमा क्याल्शियम, फस्फोरस जस्ता गुण रहेको हुन्छ । यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।
– वास्तुशास्त्रका अनुसार शंखमा यस्ता केहि गुण हुन्छ, जसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।
कब्जियत हटाउन
यदि तपाईलाई कब्जियत छ भने शंखमा पानी भरेर राख्नुपर्छ, बिहान खाली पेट उक्त पानी सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।
आँखाको स्वस्थ्यका लागि
आँखालाई लामो समयसम्म निरोगी एवं स्वस्थ्य राख्नका लागि एक रातभर शंखमा राखेको पानीले आँखा धुनुपर्छ ।
अनुहारको सुन्दरताको लागि
शंखमा राखिएको पानीले अनुहारमा मसाज गरियो भने यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
केसका लागि
शंखमा राखिएको पानीलाई गुलाब जल मिसाएर केस धुनुपर्छ, केस बलियो, मुलायम र बाक्लो हुन्छ ।
प्रतिक्रिया 4