
२३ पुस, जनकपुर । जनकपुरमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुली घर भइ जनकपुर उपमहानगरपालिका-९ बस्ने गणेशुकमार खड्कालाई हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खड्कालाई प्रहरीले पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको हो
शनिबार विहान ६ बजे जनकपुर-९ रामानन्द चोकस्थित खानेपानी ट्यांकी अगाडिको सडकमा महोत्तरी लोहरपट्टी नगरपालिका-४ खुटटपिपरारी घर भइ जनकपुर रामाननद चोकमा कोठाभाडामा बस्ने ५२ वर्षीय रतियादेवि यादवको ना ४ख७८७४ नम्बरको बसको डिक्की मुनि शव फेला परेको थियो ।
प्रहरीले यादवको हत्या गरी फालिएको आशंकामा अनुसन्धान गर्दै जादा हत्या आरोपमा खड्कालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले सामान्य विवादमा यादवको हत्या भएको जानकारी दिएका छन् । घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4