Comments Add Comment

अलैंची बिकास बोर्ड गठन गर्नेुपर्ने सरोकारवालाहरुको निस्कर्ष

२७ पुस, ताप्लेजुङ । ताप्लेजुङका अलैंची कृषकसहित सरोकरवालाहरुले अलैँची विकास बोर्ड गठन भए अलैची सम्बन्धी सबै समस्याको समाधान हुने निष्कर्ष निकालेका छन् ।

अलैंचीका क्षेत्रमा देखिएका चुनौती र यसका अवसरका विषयमा विश्व परिदृश्य वकालत मञ्चले विहीबार गरेको अन्तरक्रिया कार्याकमका सहभागी कृषक तथा व्यवसायीहरुले अलैंचीले उत्पादन भएको समयमा मूल्य नपाउनु र बजार व्यवस्थापनमा बारम्बार समास्या आउनुनै अलैँची विकास बोर्ड गठन नहुनुको परिणाम भएको बताए ।

बोर्ड गठन भए नेपालमा उत्पादित अलैचीको अन्तरदेशीय व्यापारलाई अझै मजबुत बनाउन सकिने बताउँदै अलैंची व्यवसायी संघ ताप्लेजुङका सचिव खेम केसीले विकास बोड नहुँदा भारतीय बजार र केही सिमित बिर्तामोडका व्यापारी सामु आफूहरु झुक्नु परेको बताए ।

अलैँची खेतीमा आधुनिक प्रविधिको प्रयोग, रोग, किरा र जनावरको संक्रमण नियन्त्रण, खेती प्रविधिको अनुसन्धाका क्षेत्रमा विभिन्न कार्यक्रम सफल रुपमा भइरहे पनि उत्पादनले बजार नपाउँदा ती कार्यक्रम गरी अलैची गुणस्तरीय फलाउनुको औचित्य नै नभएको कृषक समेत रहेका व्यवसायी केसीको भनाइ छ ।

अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने सहभागिहरुको माग रहेको छ ।

अलैँचीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले उचित नीति ल्याउनुपर्ने उनकोे माग रहेको छ ।

सरकारले अलैँची खेतीको विकास र बिस्तारका लागि खासै चासो नदिएको र नीति र विकास बोर्ड गठनमा ध्यान नजाँदा अलैची कृषकदेखि व्यवसायी सबै मर्कामा परेको अन्तरक्रियमा सहभागी स्रोत व्यक्ति तेज थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment