+
+

निगमले चलाउन नसकेको जहाज भवन भट्टले किने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १९:२५


३० पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले नाफाभन्दा मर्मत खर्च बढी भएको बताउँदै लिलामी गरेको विमान गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले खरिद गरेका छन् ।

९एन-एसीए कलसाइनको बोइङ-७५७ विमान भट्टले १४ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरेका हुन् । खरिदका लागि अगि्रम भुक्तानीवापत एक करोड ५० लाख रुपैयाँ बुझाएका भट्टले बाँकी रकम केही दिनअघि बुझाएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त विमान मर्मतपछि सञ्चालनमा ल्याउन करिब ८० करोड रुपैयाँ खर्च हुन्छ । अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुने निगमका अधिकारीहरु बताउँछन् ।

खरिद गरिसकेको जहाजको अब छिट्टै डी-रजिस्ट्रेसन गरिने श्रेष्ठले जानकारी दिए । ‘डी-रजिस्ट्रेसनका लागि बीबी एयरवेजलाई पत्र पठाइसकेका छौं,’ उनले भने ।

मर्मतमा लाग्ने खर्च पनि उठाउन नसक्ने भएपछि निगम उक्त विमान बिक्री गर्ने निर्णयमा पुगेको थियो ।

निगमले सन् १९८७ मा खरिद गरेको विमानले चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको यो विमान अब यात्रु बोक्न उचित नभएको निगमका अधिकारीहरु बताउँछन् ।

यसलाई १७ करोड रुपैयाँमा बिक्री गर्ने निगमको शुरुवाति योजना थियो । तर, तोकिएको रकम कबोल गर्दै कुनै कम्पनी नआएपछि निगमले बीबी एयरवेजलाई १५ करोड १८ लाख रुपैयाँमा बिक्री गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?