सोमबार दिउँसो सार्वजनिक भएको चलचित्र ‘लिलिबिली’को प्रेमगीतलाई युटुबमा रुचाइएको छ । मिलन चाम्स निर्देशित चलचित्रको ‘इज इट लभ’ बोलको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । सार्वजनिक भएको २ दिनमा करिब ७ लाख पटक हेरिएको यो गीत नेपालमा युटुब ट्रेन्डिङको पहिलो स्थानमा समेत बस्न सफल भएको छ ।
स्कटल्याण्डको रमणिय स्थानमा खिचिएको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र नव-नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतलाई सुदिप बरालले खिचेका हुन् । विशेषगरि, भिडियोको दृश्यलाई खुबै रुचाइएको छ । वैशाख १४ गतेबाट रिलिज हुने चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले मिलेर बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4