+
+

वीरगञ्जको छपकैयामा वार्इसीएलले झन्डा गाड्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ९ गते १७:१४

९ माघ, काठमाडैं । भारतले सीमा मिचेको भनिएको पर्साको वीरगञ्ज महानगरपालिका-१ छपकैयामा योङ्ग कम्युनिष्ट लीग (वार्इसीएल)ले राष्ट्रिय झन्डा गाडेको छ।

आफ्नो भूमी रक्षाका लागि आफूहरु वार्इसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झन्डा गाडेको अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

सीमा मिचिएका जग्गाधनी रवीन्द्र महतोलाई साथमा लिएर वार्इसीएलले झण्डा गाडेको हो ।

महतोले अफ्नो चार कठ्ठा जग्गा भारतले मिचेको जनाएका छन् । महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० विघा जग्गा मिचेको छ ।

यसैबीच, अध्यक्ष दीपशिखाले मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वार्इसीएलले क्याम्प नै खडा गरेर बस्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?