+
+

घरभित्र मृत फेला परिन् महिला, श्रीमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते ११:२९

२९ माघ, अछाम । अछामको कमलबजार नगरपालिका-२ मानसैनमा घरभित्रै एक महिला मृत अवस्थामा भेटिएकी छन् । मानसैन निवासी ३३ वर्षीया पवित्रा खड्का मृत फेला परेकी हुन् ।

टाउको र शरिरमा चोट लागेको अवस्थामा शव भेटिएको र अनुसन्धान जारी रहेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि पवित्राका पति ३५ वर्षीय केशर खड्कालाई घरबाटै निन्त्रणमा लिइएको डिएसपी न्यौपानेको भनाइ छ ।

पवित्राको आइतबार राति हत्या भएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?