Comments Add Comment

‘साँढे’ बनेपछि काभ्रेमा ट्रिपरलाई टाइम कार्ड

प्रहरी भन्छ-ट्रिपरकै कारण तीन महिनामा ८ को मृत्यु

२९ माघ, काभ्रे । भक्तपुरको जगाती कटेपछि सिन्धुपाल्चोक र सिन्धुलीको सिमानासम्मका राजमार्गमा दुर्घटना हुने वित्तिकै कतिपय ट्रिपर चालकलाई ज्यान जोगाउानै मुस्किले हुने गरेको छ ।

अरनीको राजमार्गको साँगामा गत साता ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो तर ट्रिपर चालकले नै थाहा पाएनन् । अरनीको राजमार्गको जनागाल खण्ड आएपछि प्रहरीले ट्रिपरलाई रोक्दै गरेको देखेपछि मात्रै थाहा पाए दुर्घटना भएछ ।

बा४ख ३३३६ नम्बरको टि्रपरले गत साता बनेपाको नालामा ढक्कर दिदा भक्तपुरका बद्री खड्काको मृत्यु भयो ।

चालकले धेरै नै मापसे गरेको प्रहरी अनुसन्धानले देखायो । जिल्ला प्रहरी कार्यालय काभ्रेले नक्कली लाइसेन्स बोकेर ट्रिपर चलाउाने २९ जनालाई यो वर्ष पनि मुद्दा चलाएको छ । तर, जति कसिलो बने पनि अरनीको राजमार्ग र विपी राजमार्गमा ट्रिपर आतंकमा कमी हुन सकेको छैन् ।

तीन महिनामा ८ को मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गत तीन महिनाको अवधिमा काभ्रेमा ट्रिपरकै कारण भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

यो अवधिमा भएका दुर्घटनामा बटुवा र मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

तीन महिनामा मात्रै ६० वटा भन्दा बढी गम्भीर किसिमका दुर्घटना भएका छन् । दुर्घटनाबाट २४ जना गम्भीर घाइते बनेका छन् ।

साँगा-बनेमामा अनिश्चित जीवन

प्राय अरनीको राजमार्गको साागादेखि बनेपासम्म धेरै दुर्घटना हुने गरेको छ ।

बनेपाबाट पनौती खण्ड, विपी राजमार्गको काभ्रेभञ्याङदेखि नेपालथोक र अरनीको राजमार्गको धुलिखेलबाट दोलालघाटसम्म धेरै नै दुर्घटना हुने गरेको छ ।

प्रहरीका अनुसार एकान्त चेकिङ नहुने स्थानमा ट्रिपर चालकले अरु सवारीसाधनलाई बाटो नै दिदैनन् । जवरजस्त ट्रिपर कुदाउने गरेको प्रहरीको भनाइ छ ।

कानून के भन्छ ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(१) ले नियतबस दुर्घटना गराइएको र सो ढहरीए १० वर्ष भन्दा बढी जेल बस्नु पर्ने छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) लपरवाही गरेर दुर्घटना गराइएको ठहरीएमा २ महिना देखि १० वर्षसम्म जेल बस्नु पर्ने छ ।

प्राय यो दफा टि्रपर दुर्घटना पछि लगाइने दफा हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(३) भवितव्य भएको दुर्घटनाामा २ महिना देखि ३ वर्षसम्म जेल बस्नु पर्ने छ ।

अब काभ्रे चल्ने ट्रिपरलाई टाइम कार्ड

दैनिकजसो ट्रिपरकै कारण दुर्घटनामा वृद्धि भएपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले टाइम कार्ड लागू गर्ने भएको छ ।

बनेपामा एक कार्यक्रम गर्दै ट्राफिक कार्यालय काभ्रेले आगामी फाल्गुन १ गतेबाट काभ्रे भित्र चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

दैनिक दुर्घटना बढ्दै गएकाले दुर्घटनाको मूख्य कारण बनेको तीब्र गति नियन्त्रणका लागि काभ्रेमा चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंङ मल्लले बताए ।

काभ्रेबाट दैनिक ३ हजार भन्दा बढी ट्रिपरले निमार्ण सामाग्री बोकेर राजधानी भित्रने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment