+
+

निर्वाचन आयोगले आजै राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते १५:४३

२ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा आजै राष्ट्रपतिलाई बुझाउने भएको छ ।

त्यसअघि पाँच दलले पाएको सिटमा विजयी भएका समानुपातिक सांसदहरुको नाम घोषणा हुनेछ ।

समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपा र फोरमले ६-६ सिट पाएको छ । दलहरुले बुझाएको नाममा कांग्रेस, माओवादी र राजपाको नमिलेपछि आयोगले सच्याउन आज बुधबार ५ बजेसम्मको समय दिएको थियो ।

दलहरुले सूची सच्याएर नाम पठाएलगत्तै आयोग प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । आयोग प्रवक्ता नवराज ढकालका अनुसार आजै शीतल निवास जाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?