+
+

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते १९:०८


२० फागुन, काठमाडौं । कांग्रेस संसदीय दलकाे नेताका लागि दुर्इ जनाकाे उम्मेदवारी परेकाे छ ।  पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका हुन् ।

देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार  र समर्थक मानबहादुर विक  छन् ।

कोषाध्यक्ष सीतादेवी यादव सिंहको प्रस्तावक छिन् भने समर्थकमा सञ्जयकुमार गौतम छन् ।

संसदीय दलको नेतामा निर्विरोध हुन देउवाले अन्तिमसम्म कसरत गरेका थिए । तर रामचन्द्र पौडेल पक्षले देउवाको आग्रह अस्वीकार गर्दै सिंहलाई मैदानमा उतारेको छ ।

कम्युनिस्टहरूकाे बाहुल्यता रहेको संसदमा कांग्रेसकाे भूमिका सशक्त पार्न उम्मेदवारी दिएकाे सिंहले बताए । ‘नेतृत्व परिर्वतन आवश्यक छ भन्ने माग आएकाले पनि उम्मेदवारी दिएको हुँ’ उनले भने ।

दलको नेता छान्न भोलि चुनाव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?