+

सन्दिपले दिलाए नेपाललाई तेस्रो विकेट

२०७४ फागुन  २४ गते १८:३१ २०७४ फागुन २४ गते १८:३१
सन्दिपले दिलाए नेपाललाई तेस्रो विकेट

२४ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालले स्कटल्याण्डसामू १५० रनको लक्ष्य दिएको छ ।

जवाफमा मैदान उत्रिएको स्कटल्याण्डले तेस्रो विकेट गुमाएको छ । सन्दिप लामिछानेले रिची बेरिङटनलाई मात्र १ रनमा एलबीडब्लू धरापमा परे ।

अघिल्लो ओभरमा बसन्त रेग्मीले क्यालम मेकलाउडलाई व्यक्तिगत १५ रनमा आउट गरेका थिए । पहिलो विकेट सन्दिपले लिएका हुन् । दशौं ओभरको तेस्रो बलमा उनले म्याथु क्रसलाई कप्तान पारस खड्काको हातबाट क्याच गराएका हुन् ।

उनी व्यक्तिगत १४ रनमा आउट भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय