+

तिलोत्तमा गोल्डकपमा रुपन्देही ११ को सुखद सुरुवात

२०७४ फागुन  २४ गते १८:५२ २०७४ फागुन २४ गते १८:५२
तिलोत्तमा गोल्डकपमा रुपन्देही ११ को सुखद सुरुवात

२४ फागुन, बुटवल । २० औँ तिलोत्तमा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुवात गरेको छ ।  देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आयोजकले सुदूर पश्चिम-११ लाई २-० गोल अन्तरले हराएको हो ।

रुपन्देहीले सातौं मिनेटमा नै निशान लिम्बुको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

शुक्रबार कास्की ११ र प|mेण्ड्स क्लब काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ क्लब र त्रिभुवन आर्मीसहित १० टिमले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिए । चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित गोल्ड मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले चार लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्ने छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय