तालुमा आलु फलेपछि कसको के लाग्छ र ? भारतमा एकजना किशोर विद्यार्थी रातारात करोडपति बनेका छन् ।
भारतको उत्तरप्रदेशस्थित बाराबंकीको घटना हो यो । त्यहाँ माध्यमिक विद्यालयमा पढ्ने एकजना किशोरको खातामा जब ५ करोड ५५ लाख भारु अर्थात् झण्डै ९ करोड रुपैयाँ ट्रान्सफर भएको मेसेज आयो तब तहल्का मच्चियो । स्थानीय तेल डिपोमा सहायक प्रबन्धक रहेका नरेन्द्र शर्माका छोरा केशव शर्माको बैंक खातामा ५ करोड ५५ लाख ५५ हजार ५५५ भारु जम्मा भएको मेसेज मोबाइलमा आएको थियो ।
जुन विद्यार्थीको मोबाइलमा त्यो मेसेज आएको थियो, उनी आफैले विश्वास गर्न सकिरहेका थिएनन् । उनले तत्कालै आफ्ना बुवालाई त्यो जानकारी गराए । उनका बाबुले तत्कालै अनलाइन मार्फत बैंकखाता चेक गर्दा त झण्डै मुर्छा परेका । उनको बैंक खातमा ५ करोड ५७ लाख ५५ हजार ५५५ भारु मौज्दात देखियो । वास्तवमा उनको खातामा पहिले नै १ लाख २६ हजार भारु मौज्दात थियो ।
उक्त रकम कसले ट्रान्सफर गरेको भनी स्थानीय बैंक शाखामा गएर बुझ्दा ठूलो रकम ट्रान्सफर भएको कारण बैंकले खाता रोक्का गरिदिएको जानकारी उनले पाए ।
आखिर त्यतिठूलो रकम आफ्नो बैंक खातामा कसले हालिदियो ? भनी शर्मा परिवार तिनछक परेका छन् । अहिले यस विषयमा बैंकले अनुसन्धान गरिरहेको बताइएको छ ।
एजेन्सी
प्रतिक्रिया 4