+
+

राष्ट्रपति भण्डारी पनि ट्विटरमा  

रासस रासस
२०७४ चैत २६ गते १७:२१

 

२६ चैत,  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि माइक्रो ब्लगिङ साइट ट्विटरमा जोडिनु भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ ।

राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन् ।

राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !”

संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनुभएको छ ।

सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?