विवाह लगत्तै पति-पत्नीमा कतिपय असमझदारी हुनसक्छ । सामान्य मनमुटाव हुने, ठाकठुक पर्ने हुन सक्छ ।
फरक पृष्टभूमीमा हुर्किएका, फरक संस्कारबाट आएका, फरक सोंच-चिन्तन बोकेका दुई महिला-पुरुषबीच आपसमा सामन्जस्यता मिलाउनु सजिलो हुने कुरा पनि भए । यस्तो अवस्थामा महिला-पुरुषबीच तालमेल मिलाएर नै दाम्पत्य जीवन सुखमय बन्ने हो ।
विवाहको पहिलो पाँच बर्ष दम्पतीका निम्ति अति महत्वपूर्ण मानिन्छ । संवेदनसिल पनि । किन ? किनभने सुरुवाती पाँच बर्षसम्म पति-पत्नीले केही गल्ती गर्छन् ।
-आफुलाई बदल्नुको साटो पार्टनर बद्लियोस् भन्ने अपेक्षा राख्नु ।
-जीवनसंगीसँग आवश्यक्ताभन्दा बढी अपेक्षा राख्नु ।
-सानोतिनो कुरालाई पनि मुद्दा बनाउने ।
-जुनसुकै कुरामा जित्न वा आफुलाई माथिबाट राख्न खोज्ने प्रवृत्ति ।
-हरेक कुरा आफुलाई केन्द्रमा राखेर सोच्ने शैली ।
-एकअर्काको दोष वा गल्ती खोतल्ने प्रवृत्ति ।
यावत् कारणले पति-पत्नीमा दुरी बढ्छ । यो तित्तताले कहिले काहिँ उनीहरुको सम्बन्धलाई धरापमा पार्न सक्छ । त्यसैले दुबैले यसबारे ख्याल गर्नुपर्छ कि, सानो निहुँमा दाम्पत्य सुख नबिथोलियोस् । यसका लागि मानसिक रुपमा दुबैले सम्हालिन जरुरी छ ।
गल्तीलाई स्विकारौं
अनौठो कुरा त के भने, अक्सर पति-पत्नी आफ्नो गल्तीलाई स्विकार्दैनन् । पार्टनरलाई होच्याउने वा पार्टनरको थाप्लोमा गल्ती थोपरिदिने गर्छन् । यस्तो प्रवृत्तिले आपसी सम्बन्धमा फाटो आउनसक्छ ।
प्रशंसा गर्न सिकौं
पति-पत्नीले एकअर्कालाई प्रशंसा गर्न सिक्नुपर्छ । हरेक कुरामा गल्ती मात्र देखाउने वा दोष मात्र दिने होइन, राम्रो कुरामा उत्प्रेरित गर्ने, प्रशंसा गर्ने अभ्यास गर्नुपर्छ । यसले उनीहरुको सम्बन्ध सुमधुर हुन्छ ।
रिलेशनशिप टिप्स
– पति-पत्नीसँग सेन्स अफ ह्युमर हुन जरुरी छ ।
– कुनैपनि कुरालाई त्यती नै गंभिरतापूर्वक लिनुपर्छ, जति आवश्यक छ । अनावश्यक रुपमा कुनै कुरामा गंभिर हुन जरुरी छैन ।
– पतिले पत्नीलाई घरायसी काममा सघाउनुपर्छ । पत्नीको हातबाट बन्ने खानेकुराको तारिफ गर्न कञ्जुस नगरौं ।
– एकअर्कालाई छल्ने, धोका दिने मनासय नराखौं ।
– कोही पनि मानिस सम्पूर्ण रुपले पूर्ण हुँदैनन् । पोख्त हुँदैनन् । त्यसैले एकअर्काको गल्ती कमजोरीलाई स्विकार्नु पर्छ ।
– पति-पत्नीले एकअर्काको ड्रेस सेन्सको तारिफ गर्नुपर्छ । राम्रो कामको लागि तारिफ गर्न कञ्जुस नगरौं ।
– अर्काको भावनामाथि खेलबाड नगरौं । एकअर्कालाई कम आँक्ने वा नजरअन्दाज गर्ने गल्ती नगरौं ।
प्रतिक्रिया 4