१६ वैशाख, काठमाडौं । प्रहरीले बहुमूल्य धातु रुबीसहित एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा ४६२ ग्राम अर्थात दुई हजार तीन सय १० क्यारेट रुबीसहित धादिङ निलकण्ठ नगरपालिका-४ का २१ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको हो ।
नागढुंगा चेकपोष्टमै जेकजाँच गर्ने क्रममा धादिङबाट काठमाडौं आउँदै गरेबो बा४ख ५८४६ नम्बरको बसमा उक्त परिणामको रुबीसहित तामाङलाई बरामत गरिएको प्रहरीले जानकारी दिएको छ ।
रूबी कहाँबाट कसका लागि, के प्रयोजनका लागि ल्याइएको हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4