इन्स्टाग्रामका ६ जना ‘सुपरड्याड’ जसका फलोअर मात्रै ३४ लाखभन्दा धेरै छन् । उनीहरूले आफ्नो परिवारका विभिन्न क्रियाकलापका तस्वीर, अनौंठा साइन्स एक्सपेरिमेन्टदेखि स्टारवार्स थिमको कपडा लगाएका गेमको तस्वीरहरू सेयर गरेका छन् ।
यी छ जना बुबाहरूले इन्स्टाग्राममा सेयर गर्ने सिर्जनात्मक तस्बिरको मुख्य पाटो भनेकै सुन्दर बच्चाहरू हुन् जो उनीहरूका लागि सबैथोक हुन् । आफ्नो पारिवारिक जीवनलाई सोसल मिडियाबाट सार्वजनिक गरेरै उनीहरू अरूका लागि प्रेरणास्रोत बनेका छन् भने ब्रान्ड र कम्पनीहरूका लागि काम गर्ने मौकासमेत पाएका छन् ।
त्यसो भए यी इन्स्टाड्याड स्टारहरू को को हुन् र उनीहरू कसरी सेलिब्रेटी महिला फ्यानहरूका लागि सेलिब्रेटी भए त ? हेरौँ,
१. पपस्टार ड्याड
टम फ्लेचरः @tomfletcher
फलोअर्सः १.५ मिलियन
म्याकफ्लाइका गायक टम फ्लेचर पिता हुनुमा धेरै गर्व गर्छन् । उनका सुन्दर तस्वीरहरू र सिर्जनात्मक पारिवारिक भिडियोहरू लाखौं मानिसहरूले हेर्छन् । सन् २०१६ मा उनी आइसलली डटकमको ‘सेलीब्रेटी ड्याड अफ द इयर’ बन्न सफल भएका थिए । उनका दुई छोराहरू तीन वर्षका बज र एक वर्षका बड्डी छन् । हालसालै उनी र श्रीमती जियोभानाले सेप्टेम्बरमा तेस्रो सन्तानको स्वागत गर्ने बताएका थिए ।
२. चार छोरीका पिता
सिमोन हुपरः @father_of_daughters
फलोअर्सः ८,३८,०००
सिमोन हुपरको पोस्टहरूमा छ जनाको परिवार बस्ने भद्रगोल घरको विभिन्न फोटो हुने गर्छ । चार छोरीका पिता हुपरले हालसालै एक मिडियालाई अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘परिवारको कारणले नै म यो स्थानमा छु र म उनीहरूप्रति ऋणी छु ।’
परिवार सहित समुद्र किनारमा घुमिरहेको, भद्रगोल भान्छा कोठामा खाना बनाइरहेको र सुपरमार्केटमा किनमेल गरिरहेका तस्वीरहरू उनको इन्स्टाग्राममा देख्न सकिन्छ ।
धेरैजसो सेल्फीमा छोरीहरू बोकेर जिस्किएको वा अचम्ममा परेजस्तो देखिने सिमोनले आफ्नो नयाँ किताब फरेभर आउटनम्बरर्डमा भनेका छन् ‘मैले यी बच्चाहरू हुर्काउँदा धेरै कुरा सिकेँ । मलाई आशा छ, तपाईले मेरो फिडबाट केही कुरा लैजान सक्नुहुन्छ, जबकि यो के नगर्ने भन्ने कुराको लिस्ट हो ।’
३. कुल साइन्टिस्ट
सर्जेइ अर्बनः @thedadlab
फलोअर्सः ६,९१,०००
इन्स्टाग्राममा सर्जेइ अर्वनले लेखेका छन्, ‘म कुनै शिक्षक वा वैज्ञानिक होइन, म चार वर्षे म्याक्स र ६ वर्षे एलेक्सको पिता मात्रै हुँ । मैले आफ्नो पितृभावको यात्रा, बच्चा हुर्काउने टिप्सहरू, परीक्षणहरू, खेलौना र केही कौशलहरू सेयर गर्ने गरेको छु ।
इन्स्टाग्राममा कुल ड्याडको रूपमा चिनिने उनी सामान्य घरायसी सामानहरू जस्तै अण्डा, भिनेगर र बेलुनहरू प्रयोग गरी भौतिकशास्त्र, गुरुत्वाकर्षण एवं विद्युतको बारेमा ज्ञान दिने परीक्षण गर्छन् र छोटा भिडियोहरू आफ्ना लाखौं फलोअर्सलाई सेयर गर्छन् ।
दुई वर्षअघिको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘केही आमाबुबाले आफ्नो बच्चालाई पटि गराएको फोटो इन्स्टाग्राममा सेयर गर्छन् तर म त्यो खालको होइन । मेरा छोराहरूले १० वर्ष अघि के गरेका थियौं भनेर सोच्दा साँच्चै गर्व गर्न सकून् भन्ने सोच्छु ।’ उनका अनुसार विज्ञान परीक्षणहरू ‘म्याजिक ट्रिक’ जस्ता हुन् जसले उनको बच्चाहरूको मुहार हँसिलो बनाउँछ ।
४. विशेष आवश्यकता भएको बच्चाको पिता
एड्रियन सी मुरेः @adriancmurray
फलोअर्सः १,८५,०००
एड्रियन मुरेको इन्स्टाग्राम एकाउन्टमा विशेष आवश्यकता भएको बच्चाको पिताका साथमा उनको वास्तविक पारिवारिक जीवनको ब्लग भेट्न सकिन्छ जसले उनको सुन्दर कल्पना पछाडिको एक कथा भन्छ ।
चार वर्षअघि उनको नौ महिने छोरा आफ्नो कोक्रोमा अचेत भएको रहेछन् । उनलाई आकस्मिक केयरको लागि तुरुन्तै हस्पिटल पुर्याइयो । त्यसपछि उनको छोरालाई ‘एन्टी इपिलेप्टीक’ उपचारका लागि राखियो । त्यसपछि एड्रिएन र उनको पत्नीले नयाँ वातावरणमा सन्तुलन ल्याउनका लागि फोटोग्राफी रोजे ।
एड्रियन भन्छन्, ‘यो पारिवारिक यात्रामा तपाई हाँस्न पनि सक्नुहुन्छ, रुन सक्नुहुन्छ र तपाईले यसलाई मन नपराउन पनि सक्नुहुन्छ । जस्तो अवस्थामा पनि हामी हाम्रो परिवारको तस्बिर, आर्ट र अनुभव सेयर गरिरहन्छौँ ।’
५. फ्लोरिडा ड्याड
जोस डेभिसः @tiesandfries
फलोअर्सः १,०५,०००
फ्लोरिडामा हुर्केका जोस डेभिसले आफ्नो बच्चाको बारेमा पोस्ट गर्ने बेलामा आफ्नो मुटु आफ्नो हत्केलामा राख्छन् । जब उनले आफ्नो छोराका जन्मदिनमा तस्बिर सेयर गर्दै लेखेका थिए, ‘जब मैले दुईजना मात्रै आनन्द उठाउनको लागि उसलाई ट्रेनमा लिएर गएँ, उसले मेरो हात समाउनुहोस् पापा भन्यो । त्यसपछि हामी हास्यौँ र एक अर्कालाई माया गर्न थाल्यौँ ।’
‘उसका विभिन्न खाले एक्सप्रेसन, प्रश्न र प्रतिक्रियाहरू हुन्छन् । हामीले २ वर्षसम्म बिताएका सुन्दर क्षण सम्झँदा म रुन मात्रै सक्दिन । ती क्षणहरू गइसके र अब आउने नयाँ एड्भेन्चरहरूका लागि म उत्साहित भएको छु’ उनले लेखेका छन् ।
६. तिम्ल्याहा छोरीका पिता
एलेक्स लेविसः @daddy_to_triplet_girls
फलोअर्सः ८५,०००
तिम्ल्याहा छोरीहरू एनावेले रोज, फ्लोरेन्स भायोलेट र लोटी ब्लुबेलका साथमा एक छोरा हेनरीका पिता एलेक्सलाई आफ्ना केटाकेटीहरूसँगको विभिन्न तस्वीर सेयर गर्न मन लाग्छ ।
एलेक्सले आफ्ना केटाकेटीलाई ‘माइ क्रेजी बन्च’ भनेर लेवल लाइदिएका छन् र फलोअर्सलाई साना केटाकेटीहरूसँग जिउनुको दुःखको बारेमा थाहा दिन्छन् । एलेक्सले इन्स्टाग्राममा कसरी उनी विभिन्न ब्रान्डहरूसँग जोडिए र त्यसको गार्डेनलाई ट्रान्सफर्म गरेर परिवारलाई रमाइलो गर्ने ठाउँ बनाए भन्ने कुरा पनि सेयर गरेका छन् ।
उनले विभिन्न हाँसउठ्दा तस्वीरका साथै खाना खाँदाको अस्तव्यस्त तस्वीरहरू पनि सेयर गर्छन् । एलेक्सले हालसालै एक अन्तवार्तामा भनेका छन्, ‘हामीले बच्चा कसरी हुर्काउने भन्ने बारेमा धेरै कुरा सिकेका छौँ र हाम्रो केही अनुभवहरू सेयर गर्न खोजेका छौँ, त्यो तपाईलाई पनि काम लाग्न सक्छ ।’
डेलीमेल डटकमबाट
प्रतिक्रिया 4