+
+

मनकामना जोड्ने सडकमा पक्कीपुलको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १ गते १९:३५

१ जेठ, गोरखा । गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने गरी लुदी खोलामा निर्माण भएको पक्की पुलको सोमबार उद्घाटन गरिएको छ ।

अबुवा-मनकामना सडकखण्डमा पर्ने उक्त पुलको प्रदेश ४ का भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् ।

दातृ निकायसँगै स्थानीयको आर्थिक सहयोगमा पुल निर्माण गरिएको लुदी खोला पुल निर्माण समितिका अध्यक्ष मानबहादुर परियारले बताए ।

कुल एक करोड ७३ लाख रुपैयाँ लागतमा पुल निर्माण भएपछि वर्षायाममा पनि सडकमार्फत मनकामना जान सकिने भएको छ ।

उद्घाटनपछि मन्त्री बस्नेतले पुल निर्माणमा स्थानीयले देखाएको सक्रियता र योगदानको कदर गर्नुपर्ने बताए । ‘आˆनो ठाउँमा भइरहेको बिकास निर्माणको काममा स्थानीयहरुले निगरानी राख्नु जरुरी छ, अनि मात्र कामले गति लिन्छ,’ उनले भने ।

मोटरेवल पुलका कारण बाह्रै महिना सवारी आवागमन हुने भएपछि स्थानीय पनि खुशी छन् । ‘यो सानोतिना खोला भए पनि बषर्ाको बेला बौलाएर ठुलो हुन्छ तर्न सकिदैन,’ शहिद लखन गाउँपालिका-१ बक्राङका भीमबहादुर आलेले भने, ‘अब त जति पानी परे पनि केही समस्या छैन, कोही बिमार भए वषर्ामा पनि गाडीमा अस्पताल लैजान सकिने भयो ।’

गाउँमा उत्पादन भएका कृषि उपजहरुलाई बजारसम्म ल्याउन सहज हुने स्थानीय किरण पोखरेलको भनाइ छ । ‘अहिले गाउँ गाउँमा घर बन्ने क्रम तिव्र छ, अब निर्माण सामाग्री ढुवानीमा पनि सहज हुने भयो,’ उनले भने । यो पुलबाट बक्राङ, मनकामना गाउँका वासिन्दा बढी लाभान्वित हुने छन् । सवारी साधनमा मनकामना दर्शन गर्न आउने भक्तजनहरुलाइ पनि सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?