+
+

प्रेमिकाले धोका दिइरहेकी त छैन ? कसरी थाहा पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १२ गते १०:१५

भलै यो प्रसंग तपाईलाई हल्काफुल्का लाग्न सक्छ । किनभने हामी वैंशालु उमेरमा गरिने प्रेमलाई लहड मात्र ठान्छौं । तर, हरेकले यस चरणवाट गुज्रन्छन् । जीवनमा प्रेमको पनि अनुभूति त लिनैपर्‍यो ।

भनिन्छ नि, माया प्रेम बिना संसार चल्दैन । प्रेम सम्बन्धमा भएका सबैले आफ्नो प्रेमकथा पनि मुनामदन वा रोमियो जुलियटको अमर होस्  भन्ने चाहन्छन् । तर, पनि धेरैको प्रेम सम्बन्ध विभिन्न कारणले बीचमै अनायसै टुट्ने गरेको छ ।

खासमा भन्ने हो भने एकअर्का बीच विश्वासमा कमी भएमा एक राम्रो प्रेम सम्बन्ध पनि बिग्रन सक्छ । आजकालको व्यस्त जीवनशैली र कामको सिलसिलामा एक अर्कासँग टाढा हुनुपर्ने कारणले पनि धेरैको प्रेम सम्बन्ध टुट्ने गरेको छ ।

यदि प्रेमसम्बन्धमा हुनुहुन्छ भने हामी कामना गर्छौं तपाईको प्रेमसम्बन्ध कहिल्यै नटुटोस् । तपाईको प्रेम सम्बन्ध सफल होस् भन्ने कामना गर्छौं । तर, यदि तपाईको प्रेमसम्बन्धमा खटपट आएको छ भने तपाईले यसबारेमा सोच्ने बेला आएको छ ।

यदि तपाईको प्रेमिकासँग पहिले धेरै राम्रो सम्बन्ध थियो तर आजभोलि केहि सम्बन्ध सुमधुर छैन ?

आफ्नो प्रेमिकाले धोका दिइरहेकी छिन् भन्ने शंका लागेको छ भने जतिसक्यो चाँडै यस विषयमा जानकारी भयो त्यति नै राम्रो हुनेछ ।

आफ्नो प्रेमिकाले धोका त दिइरहेकी छैनन् भन्ने लागेको छ भने उनी के के गर्छिन् उनको बानीब्यहोरामा भएको परिवर्तनलाई नियाल्नुभयो भने त्यसबाट धेरै कुरा थाहा पाउन सक्नुहुन्छ ।

 उनी आफ्नो रुपरंगलाई कति ध्यान दिन्छिन्

तपाईकी प्रेमिकाको कपडाको दराजमा दुई तीन महिनामा अचानक तीन गुणाले बढेको छ तर, तपाई मुस्किलले केहि पटकमात्रै उनीसँग डेटको लागि बाहिर गएको भएमा उनी कोहि अरुकै लागि तयार भएको हुनसक्छ । उनको जीवनमा सायद कोहि क्लासमेट, सहकर्मी वा अरु कोही अरु नै हुन सक्छन् ।

यदि उनी बाहिर निस्कदाँ पहिलेभन्दा धेरै आफ्नो कपाल मिलाउन धेरै ध्यान दिने, मेकअपमा धेरै ध्यान दिने गर्छिन् तर, उनी बाहिर पसलमा केहि किन्न वा साथीसँग कफी पिउन गएको भन्छिन भने केहि गडबड हुन सक्छ ।

यदि उनी आफ्नो सौन्दर्यको धेरै ख्याल गर्छिन् तर तपाईको गेटअप र सौन्दर्यको बारेमा भने कत्ति पनि ख्याल गर्दिनन् भने हुन सक्छ कोहि अर्कै व्यक्तिको लागि यस्तो गरिरहेकी छिन् ।

तपाईको परिवारसँग टाढा हुन खोज्दैछिन्

उनी पहिले तपाईको परिवारसँग भेटघाट गर्नरुचाउँथिन तर पछिल्लो समय उनीहरुसँग भेटघाट गर्न खोज्दिनन् भने उनी तपाईबाट टाढा हुन खोज्दैछिन भन्ने बुझ्नुहोस् । यदि उनी तपाईको परिवारसँग दुरी बनाउन चाहन्छिन् भने यसको संकेत उनी तपाईसँगको सम्बन्ध पनि तोड्न चाहन्छिन भन्ने हुन्छ ।

खासमा उनी तपाईलाई धोका दिन चाहन्छिन् भने तपाईको परिवारसँग भेटघाट गर्नाले उनलाई आफ्नो बदमासीको महसुस हुन्छ त्यसैले उनी यसबाट बच्न चाहन्छिन् ।

यस्तै तपाईलाई छोड्न भन्दा पहिले उनी तपाईका साथीभाइहरुसँग पनि टाढा हुने प्रयास गर्छिन् ।

तपाईको नजिक आउन खोज्दिनन्

यदि पुरुषले आफ्नो प्रेमिकालाई धोका दिँदैछिन् भने उनीहरु धोका दिन अघि प्रेमिकासँग अझै धेरै शारीरिक सम्बन्ध राख्न चाहन्छन् तर धोका दिन लागेकी महिलामा भने यस्तोखालको प्रतिक्रिया दिने सम्भावना धेरै कम हुन्छ ।

यदि उनलाई अन्तै कतैबाट थोरै प्रेम मिल्यो भने पनि उनलाई ग्लानी महसुस हुन्छ वा बिना कुनै रुची उनी तपाईसँग सुत्न चाहन्नन् । यदि पहिले तपाईहरुको नियमित शारीरिक सम्बन्ध हुन्थ्यो तर, पछिल्लो केहि दिनमा तपाईले प्रयास गरिरहनुभएको छ र उनी थाकेको वा सन्चो छैन भनेर टार्ने गर्छिन् भने उनी अन्तै कतैबाट सन्तुष्ट छिन् भन्ने बुझ्न सकिन्छ ।

तपाईलाई ध्यान दिन बन्द गर्छिन

त्यो प्रेमिका भन्दा खराब को होला जसले तपाईलाई लगातार सताइराख्छिन् । उनले तपाईको बिल्कुनै पनि ध्यान राख्दिनन र तपाईले भनेको केहि पनि मान्दिनन् भने तपाएईले यसबारेमा सोच्ने बेला आएको छ । तपाईलाई उनले ध्यान नै दिन छोडिन् भने उनले अर्के मानिस भेटेको हुन सक्छ र उनी तपाईको साथमा अब रहन चाहन्नन् ।

उनी तपाईसँग कतै घुम्न जान मान्दिनन्

पहिले पहिले शनिबारको दिन तपाईको प्रेमिकासँगै बिताउने र घुम्ने दिन हुन्थ्यो तर, आजकाल विकेन्डमा तपाई उनीसँग कतै घुम्न जान पाउनुभएको छैन् भने यसलाई गम्भिर भएर सोच्नुपर्छ । तपाईले कतै घुम्न। सिनेमा हेर्न वा डिनरको लागि जाँउ भन्दा उनी कतै पनि जान चाहन्नन् भने उनको मन अरुले नै चोरिसकेको हुनसक्छ ।

उनले आफ्नो फोन र कम्प्युटर लुकाउछिन्

पहिले उनले तपाईलाई आफ्नो फोन वा कम्युटरमा भएका सबै कुरा हेर्न दिन्थिन र आफ्नो मोबाईल हमेसा खुल्ला नै राख्थिन तर, आजकाल उनी तपाईलाई आफ्नो मोबाईल ल्यापटप दिन खोज्दिनन् भने तपाईले सोच्नुपर्ने बेला आइसकेको छ ।

कोठामा आउनासाथ आफ्नो ल्यापटप बन्द गर्ने, मोबाईलमा सेक्युरिटी कोड राख्ने गर्छिन र उनको बानी बदलिएको छ भने दालमा केहि कालो छ भनेर बुझ्नुहोस् ।

तपाईलाई थाहै नदिइ धेरै बेर गायब हुन्छिन्

यो बानी तपाईको साथी अविश्वसनीय छ भन्ने ठूलो संकेत हो । यदि तपाईले उसलाई फोन गर्दा उनले उठाउँदिनन् र म्यासेज गर्दा पनि घन्टौं सम्म कुनै जवाफ दिन्नन भने तपाईको लागि चिन्ताको कुरा हुन सक्छ ।

कहिलेकाँही यस्तो हुनु त ठिकै हो तर, बारम्बार हुन्छ भने तपाईले यो कुरा बुझ्नुपर्छ । जब उनी केहि घन्टासम्म तपाईलाई जवाफ दिन्नन भने उनलाई भेटेको बेलामा यसबारेमा सोध्नुहोस् र उनको अनुहारलाई पढ्ने कोसिस गर्नुहोस् । उनी तपाईलाई नसोधी कतै जाने गर्छिन् र सोधेरमा रिसाउने गर्छिन् भने उनले तपाईलाई धोका दिँदैछिन् ।

फोनमा धेरै व्यस्त हुने

यदि उनी सँधैजसो अरुसँग नै फोनमा कुरा गर्छिन र तपाईले उनलाई फोन गर्दा उनको फोन लाग्दैन र सँधै व्यस्त हुन्छ भने उनले तपाईलाई धोका दिँदैछिन् भन्ने अर्को संकेत हो ।

यस्तै तपाई उनी सँग कुराकानी गरिरहनुभएको छ र उनी तपाईसँग आँखा नजुधाई अन्तै हेरिरहेकी छिन् भने यसको मलतब उनले तपाईलाई धोका दिँदैछिन्

प्रेमिकाले धोका दिँदैछिन भन्ने लागेमा के गर्ने

यदि तपाईलाई आफ्नो प्रेमिकाले धोका दिँदैछिन जस्तो लागेको छ भने पहिले तपाईले नै पहिले उनलाई छोडिदिनुहोस् । दुनियाँमा तपाईको लागि अरु पनि धेरै युवतीहरु हुन्छन् जसले असल मानिसलाई मनपराउँछन् ।

यदि तपाईलाई पनि यस्तो चिन्ता हुन्छ भने तपाईको प्रेमिकाको हालचाल ठिक छैन जस्तो लाग्छ भने तपाईले उनको बानीब्यहोरा नजिकबाट नियाल्नुपर्छ । उनले यो धोका घडीबाट बच्नको लागि सकेसम्म तपाईलाई नीच देखाउने कोसिस गर्छिन् ।

तपाईले धेरै प्रयास गर्दा पनि सम्बन्ध सुधार गर्न सक्नुभएन र उनको स्वभाव परिवर्तन हुँदै गएको छ जसले सम्बन्धमा फाटो आउन थालेको छ भने तपाईले उनको साथ छोडेर जानुको अर्को विकल्प हुँदैन । यदि तपाईले समयमै यस निर्णय गर्नुभएन भने यसले पछि तपाईको नै समय खराब बनाउने छ । त्यसैले बेलैमा सचेत हुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?