Comments Add Comment

विराटनगर जुट मिल भोलिदेखि फेरि सञ्चालन हुने


२ साउन, विराटनगर । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विराटनगर जुटमिल सञ्चालन गर्न फेरि तयारी भएको छ ।

बिहीबारदेखि सञ्चालनको तयारी गरिएको मिल सञ्चालक समितिका अध्यक्ष बसन्त वनले जानकारी दिए । ‘मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम एक साथ भइरहेको छ’,अध्यक्ष वनले भने ‘मिल परीक्षण अवधिका लागि चल्छउनले भने । उनले मिल सञ्चालनका लागि ११ केभिए लाइन बुधबार जडान भएको पनि उनले बताए ।

लामो समयदेखि बन्दको अबस्थामा रहेको मिलले विद्युत खपत गरेको पैसा नदिएपछि पछिल्लो समय ३ फागुनमा लाइन कटिएको थियो । मिल सञ्चालक समितिका अध्यक्ष वनका अनुसार बिहीबारदेखि परीक्षण स्वरुप दैनिक २० टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ । ‘अहिलेको अवस्थामा दैनिक ६ टन जुटको सामग्री उत्पादनबाट काम सुरु गर्छौं’ उनले भने ‘त्यसपछि एक महिनाभित्रै मिल पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’

मिल पूर्ण सञ्चालनमा आएमा दैनिक २० टन जुटको सामाग्री उत्पादन गर्ने लक्ष्य राखेको छ । अध्यक्ष वनका अनुसार अहिले दैनिक ६ टन उत्पादनले तत्कालका लागि मिलको लागत धान्नेछ ।

मिल पूर्ण रुपमा सञ्चालनमा आएमा ३ सय मजदुरले रोजगारी पाउने छन् ।

पछिल्लो समय फागुनमा ११ केभीए विद्युत लाइन काटिएपछि मिल बन्दको अवस्थामा छ ।

विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ-सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो ।

मिलमा कार्यरत कर्मचारी कटैती

मिल प्रसाशनले करारमा कार्यरत १० कर्मचारीलाई हटाएको छ । कर्मचारीको करारको अवधि सकिएपछि उनीहरुलाई हटाइएको मिल प्रशासनले जनाएको छ ।

मिल सञ्चालक समितिका अध्यक्ष बसन्त वनले मिलमा करारमा कार्यरत १० जना कर्मचारीलाई असार महिनाको तलव भुक्तानी गरी हटाइएको जानकारी दिए ।

उनीहरु करारमा विगत तिन बर्षदेखि कार्यरत रहेको मिल प्रसाशनले जनाएको छ । यसैबीच हटाइएका कर्मचारीहरुले अवैध ढंगले निकालेको र तलब नदिएको भन्दै मिल प्रसाशनमा तालाबन्दी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment