२५ साउन, बाँके । जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमानबाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो ।
भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भइ आत्मसमर्पण गरेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4