+

वेष्टहृयाममाथि लिभरपुलको सहज जित

२०७५ साउन  २७ गते २१:०८ २०७५ साउन २७ गते २१:०८
वेष्टहृयाममाथि लिभरपुलको सहज जित

२७ साउन, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा वेष्टहृयाममाथि सहज जित हात पारेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले वेष्टहृयामलाई ४-० ले हराएको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले १९ औं मिनेटमा नै मोहम्मद सलाहको गोलबाट अग्रता लिएको थियो । पहिलो होफको इन्जुरी टाइममा मानेले अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि लिभरपुल हावी भयो । ५३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरे भने निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा ड्यानियल स्टर्डिजले गोल गर्दै लिभरपुललाई ४-० गोल अन्तरको प्रष्ट जित दिलाएका छन् ।

आइतबार नै भएको अर्को खेलमा साउथहृयाम्पटनले बार्नेलीसँग गोलरहित बराबरी खेलेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय