+

म्यानचेष्टर सिटीको विजयी यात्रामा वोल्भस बाधक

२०७५ भदौ  ९ गते १९:१० २०७५ भदौ ९ गते १९:१०
म्यानचेष्टर सिटीको विजयी यात्रामा वोल्भस बाधक

९ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

नव्रप्रवेशी क्लब वोल्भसले साविकको विजेता सिटीलाई १-१ गोलको बराबरीमा रोकेको हो । म्यानेचष्टर सिटीले सुरुवाति दुई खेल भने जितेको थियो ।

वोल्भसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा सपकयो । दोस्रो हाफको ५७ औं मिनेटमा बोलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा लापोर्टेले सिटीका लागि बराबरी गोल फर्काए ।

खेलको इन्जुरी टाइममा सर्जिओ एग्युरोको फि्र किक प्रहार बारमा लागेपछि म्यानचेष्टर सिटी बराबरीमै रोकियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय