+

एएफ्सी यु–१६ महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दै

२०७५ असोज  ५ गते ९:११ २०७५ असोज ५ गते ९:११
एएफ्सी यु–१६ महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दै

५ असोज, काठमाडौं । एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा आज दिउँसो ३ बजे हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । म्यानमारलाई पराजित गर्न सके शीर्ष दुईमा पर्ने नेपालको सम्भावना कायमै रहनेछ ।

यअसघि बुधबार भएको पहिलो खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको थियो । पहिलो हाफमै २–० गोलअन्रतले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो ।

यो समूहको शीर्ष २ मा पर्ने राष्ट्रले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय