+
+

दाङमा एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ९ गते १०:१७

९ मंसिर, लमही । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुकुमबाट बिरामी लिएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको रा १ च ७८१ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब २ बजेतिर लमही नगरपालिका-९ अमेलिया नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुम मगमा निवासी ७ वर्षीय भिमु जैसी, एकजना विरामीको आफन्त र एम्बुलेन्स चालक घाइते भएका हुन् । दमको बिरामी जैसीको नाकमा चोट लागेको छ । घाइते तीनैजनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

घाइतेहरुलाई सतबरियाको रा १ ज १२३ नम्बरको एम्बुलेन्समा राखेर कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?