+
+

वीरगञ्जमा तीन किलो चरेशसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १६:०३

१४ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ३ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले भारत कलकत्ता घर भएका ३६ वर्षीय एकलाख शेखलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको भन्सार गुल्मबाट खटिएको टोलीले भन्सार मुलगेटमा चेकजाँचका क्रममा उनको शरीरबाट तीन किलो चरेश बरामद गरेको थियो ।

नेपालबाट भारत रक्सौलतर्फ जाँदै गर्दा शरीरमा सेटिङ्ग गरी चरेश लुकाएर लैजाँदै गर्दा शेखलाई पक्राउ गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक खडकाले जानकारी दिए ।

पक्राउ परेका शेखलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?