+
+

मारुती सिमेन्टद्वारा ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रम आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २४ गते १२:३०

२४ मंसिर, काठमाडाैं । मारुती सिमेन्ट लिमिटेडले मंसिर दोस्रो हप्तादेखि चितवन, पोखरा, आँबुखैरेनी लगायत काठमाडौं उप्त्यकामा ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रमको आयोजना गरेको छ ।

५०० जनाभन्दा बढी निर्माणकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रममा कम्पनीले निर्माणकर्मीहरुलाई सुरक्षित निर्माणसम्बन्धी विभिन्न जानकारी दिनुका साथै उनीहरुलाई रु पाँच लाख बराबरको निशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना प्रदान गरेको जनाएको छ ।

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुद्वारा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक साथै हास्यव्यंग्य प्रस्तुति पनि देखाइएको जनाइएको छ ।

कार्यक्रममा मारुती सिमेन्टका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै, कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीहरुको पौरखी हातहरुलाई भरोसा र आत्मविश्वास प्रदान गर्दै निर्धक्क आˆनो काममा लगनशील रहन हौसला प्रदान गर्ने मारुती सिमेन्टको प्रयास भएको बताएका थिए ।

उनले देशभरी नै यो कार्यक्रम मार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका टेक्निकल कोअर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवर्द्धनका सामानहरु समेत प्रदान गरिएको थियो ।

सिरहा जिल्लाकोको चन्द्रउदयपुरमा रहेकाे यस उद्योगले विगत एक दशक देखि मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको र यसको प्रयोग ठूला ठूला अायाेजनाहरु, पुल, बाँध तथा हाउजिङ कम्पनी देखि साधारण घर निर्माण कार्यमा समेत प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?